काठमाडौं। नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आइतबार बिहान ८ स् ३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा नेपाली काँग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली काँग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको दुलालले बताए।