Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी–२० विश्वकप: पाकिस्तानले नेदरल्याड्सविरुद्ध पहिले फिल्डिङ गर्दै

टी–२० विश्वकप: पाकिस्तानले नेदरल्याड्सविरुद्ध पहिले फिल्डिङ गर्दै

शनिवार , माघ २४, २०८२

काठमाडौं । भारत र श्रीलंकामा आजदेखि सुरु हुने आईसीसी टी–२० क्रिकेट विश्वकपमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

शनिबार श्रीलंकाको कोलोम्बोस्थित सिनहालेसे क्रिकेट रंगशालामा पाकिस्तानका कप्तान सलमान आघाले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको निम्तो दिएका हुन् । 

खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा हुनेछन् । यस संस्करण दुवै टोली प्रतियोगिताको समूह ‘ए’मा छन् । यो समूहमा उनीहरूसँगै भारत, नामिबिया र अमेरिका छन् । 

आजको अर्को खेलमा दिउँसो सवा तीन बजे वेस्ट इन्डिज र स्कटल्याण्ड इडेन गार्डेन्स्मा तथा बेलुका सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे स्टेडियममा हुँदैछ । यो विश्वकपमा नेपालले पनि खेल्दैछ ।

नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077