Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनाव लक्षित कार्यक्रमका लागि गृहजिल्ला झापा पुगे ओली

चुनाव लक्षित कार्यक्रमका लागि गृहजिल्ला झापा पुगे ओली

शुक्रवार , माघ २३, २०८२

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। 

प्रतिनिधि सभा निर्वाचनमा झापा-५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रममा सहभागिता जनाउन आज गृहजिल्ला झापा पुगेका हुन् ।

हवाई मार्ग हुँदै  झापा पुगेका ओलीको विमानस्थलमा पार्टीका स्थानीय नेतृत्व तथा कार्यकर्ताले स्वागत गरेका छन् ।

ओलीको सचिवालयका अनुसार अध्यक्ष ओलीको झापा भ्रमण निर्वाचन तयारी तथा संगठनात्मक गतिविधिसँग सम्बन्धित कार्यक्रमहरूमा केन्द्रित रहेको छ। 

साथै भ्रमणका क्रममा उनले स्थानीय नेता-कार्यकर्तासँग भेटघाट गर्ने, चुनावी रणनीति र संगठन सुदृढीकरणबारे छलफल गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।

झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उक्त क्षेत्रमा चुनावी माहोल थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077