Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीबाट निर्वाचित वडाध्यक्ष दावा तामाङ कांग्रेस प्रवेश

माओवादीबाट निर्वाचित वडाध्यक्ष दावा तामाङ कांग्रेस प्रवेश

शुक्रवार , माघ २३, २०८२

रसुवा। निर्वाचनको मिति नजिकिँदै जाँदा रसुवाका एक वडाध्यक्ष नै अर्को पार्टीमा प्रवेश गरेका छन् ।

रसुवाको कालिका गाउँपालिका–१ का वडाध्यक्ष दावा तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

गत स्थानीय तह निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रसुवाका नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेल लगायतले स्वागत गरेका हुन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077