काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिने जानकारी गराएका हुन् ।
सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको उनले बताए ।
उनले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।
उनले भने- 'हामी सम्पूर्ण रुपमा हामी चुनावी प्रणालीमा गईरहेका छोँ । हामी चुनावमा नै विश्वास गर्छौँ । पार्टीले सम्पूर्ण शक्ति चुनावमा लगाएको छ । यही बीचमा कतिपय भेटघाट, अदालती कुरालाई लिएर अयन्त्र ध्यान मोड्ने कुरामा हाम्रो कुनै टिप्पणी छैन । चुनावपूर्व हाम्रो कसैसँग कुनै किसिमको गठबन्धन हुँदैन । नेपाली कांग्रेस १६५ क्षेत्रमा आफ्नो उम्मेद्वार कायम छ । हामी प्रचारमा लागेका छौँ । विजयको उन्मुख पुगिरहेका छौँ ।'
उनले निर्वाचनमा मतदान गर्दा विगतको ईतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेद्वारलाई गर्न पनि आग्रह गरे ।
साथै उनले संसद पुनःस्थापना लगायतका विषयमा चलेका हल्लाहरुको विषयमा कांग्रेसको कुनै टिप्पणी भएको उनको भनाई थियो।