Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान घिसिङको दाबी- हाम्रो पार्टीले नै देशको लिड गर्छ, हामी नै प्रधानमन्त्री हुन्छौँ

कुलमान घिसिङको दाबी- हाम्रो पार्टीले नै देशको लिड गर्छ, हामी नै प्रधानमन्त्री हुन्छौँ

बिहिवार , माघ २२, २०८२

जनकपुरधाम। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा कसैलाई प्रधानमन्त्री बनाउन नभई आफैँ देशको नेतृत्व गर्न आएको बताएका छन् । 

आज बिहान चुनावी कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका घिसिङले सञ्चारकर्मीहरूसँगको कुराकानीमा  यस्तो बताएका हुन् । 

उनले भाषण गरेर मात्रै प्रधानमन्त्री नहुने भन्दै कामको आधारमा जनताले छानेपछि हुने बताए ।

उनले भने- 'सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन, डेलिभरी दिएर अर्ग्यानिक रूपमा स्थापित भएको पार्टी हो । छोटो समयमा आएको भए पनि यो पार्टीले नै देशको नेतृत्व गर्छ, प्रधानमन्त्री हामी नै हुन्छौँ। देशको लिड गर्न हामी आएका छौँ। अरू कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ। हामी नै यो देशमा परिवर्तन गर्नेछौँ।'

उनले आगामी निर्वाचनमा पार्टीको योजनाबद्ध अभियानमार्फत देशमा ठोस परिवर्तन ल्याउने दाबी गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077