Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान घिसिङ भन्छन् - जनादेशविपरीत मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

कुलमान घिसिङ भन्छन् - जनादेशविपरीत मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आफू नयाँ बन्न लागेको सरकारमा सहभागी हुने भन्ने हल्लाको खण्डन गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले जनताको म्यान्डेटविपरीत कुनै वैकल्पिक बाटो अपनाएर सांसद बन्ने र मन्त्री पद लिने कुरा असम्भव रहेको स्पष्ट पारे।

‘जनताबाट प्राप्त जनादेशविपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन,’ घिसिङले भनेका छन्।

हाल सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफू सरकारमा जाने चर्चा चलिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले त्यस्ता हल्लामा कुनै सत्यता नरहेको दाबी गरे।

नेपालको संविधानअनुसार गैरसांसद व्यक्ति मन्त्री बन्न नपाउने प्रावधान स्मरण गराउँदै उनले अहिलेसम्म सरकारमा सहभागिताबारे कसैसँग कुनै छलफलसमेत नभएको स्पष्ट पारे।

घिसिङले आफ्नो पार्टी चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्ने मार्गमा रहेको बताए। अहिले पार्टीलाई सुदृढ बनाउने अभियानमै आफूहरू केन्द्रित रहेको उनको भनाइ छ।

सुशासन र समृद्धिसहितको ‘उज्यालो नेपाल’ निर्माणप्रति प्रतिबद्धता दोहोर्‍याउँदै उनले आफ्नाविरुद्ध फैलाइएका भ्रमपूर्ण प्रचारमा नपर्न नागरिकलाई आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077