Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा-५ मा गठबन्धनको हल्ला चलेपछि कांग्रेसले भन्यो–  भ्रम र अफबाहको पछि नलाग्नूस्

झापा-५ मा गठबन्धनको हल्ला चलेपछि कांग्रेसले भन्यो–  भ्रम र अफबाहको पछि नलाग्नूस्

बुधवार , माघ २१, २०८२

 झापा। नेपाली कांग्रेस झापा–५ कार्यसमितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको भन्दै भ्रामक हल्लाकापछि नलाग्न आग्रह गरेको छ ।

क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै उक्त हल्ला भ्रामक र कपोलकल्पित भएको स्पष्ट पारेका हुन् ।

निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

'नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचनअगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नुभएको छ। कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ। शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफबाहको पछि नलाग्न अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ। 

पार्टीले आममतदातालाई कांग्रेसको चुनाव चिह्न रूखमा मतदान गर्न र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ। 

साथै आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचनकेन्द्रित कार्यक्रममा एकजुट हुन समेत आह्वान गरिएको छ। 

congrss.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077