काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सबै प्रदेशमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ ।
पार्टीका उपसभापति एवम केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले सातै प्रदेशहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दै चुनावी कमाण्डर तोकेका हुन् ।
जसअनुसार कोशी प्रदेशका १४ वटा र मधेश प्रदेशका २ वटा जिल्लाका लागि १२ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
जसमा ताप्लेजुङ, पाँचथर, इलाम र झापाका लागि डा. डिला संग्रौला, भीष्मराज आङ्दाम्वे, सुधीरकुमार शिवाकोटी लर सुरेश सुब्बालाई जिम्मेवारी तोकिएको छ ।
यसैगरी संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी लगायत अन्यलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामा, डा। केदार नरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानलाई जिम्मेवारी तोकिएको छ । बागमती प्रदेशकै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरका लागि जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई जिम्मेवारी तोकिएको छ ।
सूचीसहित

