Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा पुगेर बालेनले भने- काठमाडौंका सुकुमबासीलाई बाढीबाट जोगाउन डोजर चलाएको हुँ, यहाँ त्यस्तो हुँदैन

झापा पुगेर बालेनले भने- काठमाडौंका सुकुमबासीलाई बाढीबाट जोगाउन डोजर चलाएको हुँ, यहाँ त्यस्तो हुँदैन

मंगलवार , माघ २०, २०८२

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले काठमाडौंका सुकुमबासीलाई बाढीको जोखिमबाट जोगाउन डोजर प्रयोग गरेको बताएका छन् । 

चुनावी प्रचारका लागि झापा–५ पुगेका बालेनले आज बिहान कमल गाउँपालिका सुकुमवासीसँग संवाद गर्दै  यस्तो बताएका हुन् । 

बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका थिए । जसको जवाफमा बालेनले स्थानीय सुकुम्बासीहरुसँग कुराकानी गर्दै काठमाडौंमा खोला आसपास बस्ने सुकुम्बासीलाई बाुढीबाट जोगाउन व्यवस्थापन गर्न खोजेको बताएका छन् ।

बालेनले भने- 'काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त। त्यसैले उहाँहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा राख्नुपर्‍यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’'

बालेनले भने काठमाडौंको भन्दा यहाँको सन्दर्भ फरक रहेको बताउँदै डोजर नलाग्ने आश्वासन दिए ।

साथै झापाका सुकुम्बासीहरुलाई पनि हटाउने योजना नभएको, लामो समय देखिको सुकुम्बासीको समस्या समाधान गर्न लाग्ने पनि बताएका छन् ।

चुनावी प्रचारप्रसारका लागि सोमबार बालेनसहितको टोली फेरि झापा पुगेको छ।

६ माघमा झापा–५ मा मनोनय दर्ता गराएपछि केही दिन दमकमा बसेर उनले मतदातासँग भेट गरेका थिए ।

त्यसपछि  पूर्वी पहाडी जिल्लाहरु घुमेका बालेन काठमाडौं फर्किएर सुदूरपश्चिमका जिल्लाहरुमा समेत गएका थिए । 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077