काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष तहका नेतालाई जिताउन केही निर्वाचन क्षेत्रमा सहकार्यको गृहकार्य भइरहेको छ ।
केही दलका बीचमा घोषित रुपमै गठबन्धनको तयारी हुँदै गर्दा केही सिटमा अघोषित सहकार्य गर्ने विषयमा छलफल भइरहेको छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् ।
मतदाताका बीचमा पुग्ने र मत माग्ने कामले तिब्रता पाउँदा चुनावी सरगर्मी बढेको छ । बिभिन्न क्षेत्रमा उम्मेदवारी दिएका केही शीर्षत नेताहरू नै पराजित हुने चिन्ता र चासो बढेको छ ।
शीर्ष तहका नेताहरू नै निर्वाचनमा पराजित हुने आशंकाबीच सहकार्य गर्ने आन्तरिक गृहकार्य ’दयगत छलफल सुरु भएको हो । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति भएका गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् ।
काठमाडौं–४ बाट गत निर्वाचनमा बिजयी थापा ठुलो जोखिम मोलेर सर्लाही–४ बाट उम्मेदवारी दिए । २०७९ सालको निर्वाचनमा सर्लाही–४ बाट बिजयी भएका स्वतन्त्र सांसद अमरेशकुमार सिंह यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका छन् ।
२०७९ सालको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिइ बिजयी भएका सिंहले यो निर्वाचनमा कडा टकर दिएका छन् ।
झापा–५ बाट उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएका छन् । राजधानी दैनिकबाट