Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोलखामा अजयबाबु शिवाकोटीको घरदैलो अभियान सुरु

दोलखामा अजयबाबु शिवाकोटीको घरदैलो अभियान सुरु

सोमवार , माघ १९, २०८२

दोलखा । नेपाली कांग्रेसका दोलखाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीले सोमबारदेखि औपचारिक रूपमा चुनावी घरदैलो अभियान सुरु गरेका छन् ।

अभियानको सुरुआत उनले भीमेश्वर नगरपालिकास्थित ऐतिहासिक महाकाल मन्दिरको दर्शन गर्दै गरेका हुन्।

शिवाकोटीले भीमेश्वर नगरपालिका–५ बाट घरदैलो कार्यक्रम अघि बढाउँदै पहिलो दिन किरणछाया, बोक्सिला र विष्णुटोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र संवाद गरेका छन् ।

घरदैलोका क्रममा स्थानीयले उनलाई आत्मीय स्वागत गर्दै क्षेत्रका समस्या, आवश्यकता र विकाससम्बन्धी अपेक्षा व्यक्त गरेका थिए ।

9232eebc-8e.jpg

आफ्नै गाउँठाउँका उम्मेदवारका रूपमा शिवाकोटीलाई पाउँदा खुसी लागेको स्थानीय बासिन्दाहरूको प्रतिक्रिया थियो। मतदातासँगको संवादमा शिवाकोटीले आफू जनताको प्रतिनिधि भएर दोलखाको समग्र विकास र रूपान्तरणका लागि चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।

विजयी भएपछि सधैँ जनताकै बीचमा रहने र जनताका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता उनले जनाए ।

8517f15.jpg

आगामी निर्वाचनलाई लक्षित गर्दै शिवाकोटीले आफ्नो निर्वाचन क्षेत्रका सबै टोल र बस्तीमा पुगेर मतदाताको आशीर्वाद लिने योजना बनाएको उनको सचिवालयले जनाएको छ।

उनको पहिलो दिनको घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार छिरिङडोल्मा शेर्पासहित नेपाली कांग्रेसका स्थानीय नेता तथा ठूलो संख्यामा कार्यकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077