Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपाका पूर्ववडा कमिटी अध्यक्षसहित चार नेता कांग्रेस प्रवेश

नेकपाका पूर्ववडा कमिटी अध्यक्षसहित चार नेता कांग्रेस प्रवेश

आइतवार , माघ १८, २०८२

ललितपुर। ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुमा कम्युनिस्ट पार्टीका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आज आयोजित चुनावी कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा निर्वाचनमा ललितपुर १ का उम्मेदवार उदयशमशेर राणाले नेकपा चार नेताहरुलाई पार्टी प्रवेश गराएका हुन्।

कांग्रेस प्रवेश गर्नेमा नेकपा पूर्व वडाकमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडाकमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, तत्कालीन नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ छन्।

राणाले पुराना र अनुभवी नेताहरूको आगमनले पार्टीलाई थप ऊर्जा मिलेको र यसले आगामी निर्वाचनको अंकगणितमा समेत दूरगामी प्रभाव पार्ने जिकिर गरे।

पार्टी प्रवेशपछि नेताहरूले वामपन्थी दलहरूमा बढ्दो साङ्गठनिक विचलन र जनताप्रतिको उत्तरदायित्व कम हुँदै गएकाले आफूहरूले विकल्प रोजेको उनीहरुको भनाई छ । 

यसअघि सभापति गगनकुमार थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र सर्लाहीको गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077