Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सुरक्षार्थ प्रहरीले सेनासँग माग्यो २८ सय पेस्तोल सापटी

निर्वाचन सुरक्षार्थ प्रहरीले सेनासँग माग्यो २८ सय पेस्तोल सापटी

आइतवार , माघ १८, २०८२

काठमाडौं। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि प्रहरीले नेपाली सेनासँग २८ सय पेस्तोल सापटी मागेको छ। 

आगामी २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, यी पेस्तोल निर्वाचनपछि फिर्ता गर्ने व्यवस्था हुनेछ।

प्रहरीका उच्च अधिकृतले बताए अनुसार, सेनाले प्रहरीको मागअनुसार हतियार उपलब्ध गराउने निर्णय गरेको छ। सेनाबाट लिइने पेस्तोल प्रदेशस्तरमा पठाइनेछन् र त्यहाँबाट आवश्यकतानुसार प्रयोग गरिने छन्।

यसअघि पनि २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तथा २०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा प्रहरीले सेनासँग सापटी हतियार लिइ सुरक्षा सुनिश्चित गरेको थियो।

यो पटक प्रहरीका केही हतियार जेनजी आन्दोलनका क्रममा लुटपाट समेत भएका थिए ।
त्यसैले अपुग भएका हतियारहरु सापटी माग गरिएका हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077