Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी भाषणमा होइन, काममा विश्वास गर्छौं: कुलमान घिसिङ

हामी भाषणमा होइन, काममा विश्वास गर्छौं: कुलमान घिसिङ

बिहिवार , माघ १५, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले नयाँ राजनीतिक संस्कारमा काम, परिणाम र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले भाषण र बहानाभन्दा ठोस काम र नतिजामा विश्वास गर्ने बताएका हुन् ।

उनले तराई-मधेशको लाइफलाइनका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत सिराहा-धनुषा सीमा क्षेत्रमा पर्ने कमला नदीमा अस्थायी डाइभर्सन निर्माण भएको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।

उनले लेखेका छन्- स्थलगत भ्रमणकै क्रममा पुल निर्माण तथा पुनःस्थापनाको काम तत्काल अघि बढाउन, नियमित अनुगमन गर्ने र काम सन्तोषजनक नभए ठेक्का तोड्ने स्पष्ट चेतावनी दिइएको थियो। रुग्ण ठेक्का तोड्ने चेतावनी, कडा अनुगमन र सक्रिय हस्तक्षेपकै कारण आज कमला पुल सपना हैन यथार्थ बन्दैछ। यही हो नयाँ राजनीतिक संस्कार-काम, परिणाम र जवाफदेहिता। हामी भाषणमा होइन, काममा विश्वास गर्छौं। हामी बहानामा होइन, परिणाममा विश्वास गर्छौं।

घिसिङका अनुसार मंसिर ५ गते स्थलगत निरीक्षणका क्रममा १४ वर्षसम्म पनि कमला पुल निर्माण नहुँदा स्थानीय नागरिकले जोखिमपूर्ण यात्रा गर्नुपरेको, सवारीसाधनले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको पाइएको थियो ।

उनले सम्बन्धित निकायलाई ह्युम पाइप राखी अस्थायी रूपमा आवतजावतको व्यवस्था गर्न निर्देशन दिइएको र सो निर्देशन कार्यान्वयनमा समेत आएको बताएका छन् ।

''

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077