काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द (विप्लव) लाई एकता प्रक्रियामा आउन आग्रह गरेका छन् ।
बुधबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य भन्दै विप्लव नेतृत्वको (माओवादी) लाई पनि एकता प्रक्रियामा आउन सुझाब दिएका हुन् ।
उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।
उनले भने- 'म उहाँहरुलाई पनि अपिल गर्न चाहन्छु, तपाईहरु पनि आत्मसमिक्षा गर्नुस्, तपाईहरुको रियल घर यही हो, यता र उता गरिराख्नुभएको छ । त्यसले केही हुनेवाला छैन । म गम्भिर ढंगले मेरो पुरानो, संगै बसेको कमरेडहरु हुनुको नाताले भन्न चाहन्छु, अझै पनि तपाईहरुको पुरै अवसर गुमिसकेको छैन । तपाईहरुले आत्मसमिक्षा गनुभयो र एकतामा आउनुभयो भने तपाईहरुलाई स्वागत गर्न फेरि पनि तयार नै छौँ ।'
जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको भनाई छ ।
साथै निर्वाचन नजिकिँदै गरेकोले एकता प्रक्रियामा आउनु उनले सम्पूर्ण विचार मिल्ने शक्तिहरुलाई आग्रह गरे ।