Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव केन्द्रित १२ वटा समिति गठन गर्न कांग्रेसको परिपत्र

चुनाव केन्द्रित १२ वटा समिति गठन गर्न कांग्रेसको परिपत्र

बुधवार , माघ १४, २०८२

काठमाडौं । फागुन २१ मा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले चुनावकेन्द्रित विभिन्न समितिहरू गठन गर्न पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय १६५ वटै कार्यसमितिहरूलाई परिपत्र गरेको छ।

केन्द्रीय निर्वाचन परिचालन समिति संयोजकसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले आज पार्टीका विभिन्न निकायहरूलाई १२ वटा चुनावी समिति गठन गर्न परिपत्र गरेका हुन्।

चुनावकेन्द्रित अभियान व्यवस्थित बनाउन समितिहरू र विभिन्न संरचना सबै तहमा तत्काल गठन गर्न पनि उनले परिपत्रमार्फत् आग्रह गरेका छन्।
यस्ता छन् समितिहरु
१. निर्वाचन व्यवस्थापन सचिवालय
२. निर्वाचन परिचालन मूल समिति
३. निर्वाचन प्रचारप्रसार मूल समिति
४. स्थानीय तह समन्वय समिति
५. बौद्धिक क्षेत्र समन्वय समिति
६. सामाजिक संघसंस्था समन्वय समिति
७. धार्मिक संघसंस्था समन्वय समिति
८. निजी क्षेत्र समन्वय समिति
९.१८ देखि ३० वर्षका नवयुवालाई परिचालन गर्न विशेष अभियान
१०. पूर्वआप्रवासी समन्वय समिति
११.स्थानीय प्रशासन समन्वय समिति र
१२ अनुगमन समिति

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077