Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको परिपत्र: निर्वाचनलाई व्यवस्थित बनाउन तत्काल १२ समिति गठन गर्न निर्देशन

कांग्रेसको परिपत्र: निर्वाचनलाई व्यवस्थित बनाउन तत्काल १२ समिति गठन गर्न निर्देशन

बुधवार , माघ १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका उम्मेदवारहरुको निर्वाचनका कार्यक्रमहरु व्यवस्थित बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ।

उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले ७ प्रदेशका १६५ वटै निर्वाचन क्षेत्र र ७७ वटै जिल्ला सभापतिहरुलाई परिपत्र गर्दै समिति गठन गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्- 'अत्यावश्यक अन्य समिति–उपसमिति मअविलम्ब गठन गरेर केन्द्रीय कार्यालयमा विवरण पठाउन आग्रह गर्दछु ।'

पार्टीका उम्मेदवारलाई जित हासिल गर्न सहज बनाउन विभिन्न १२ वटा समिति र संरचना गठन गर्न समेत निर्देशन दिइएको छ ।

जसमा निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मुल समिति, निर्वाचन प्रचारप्रसार मुल समिति, वौद्धिक क्षेत्र समन्वय समिति लगायतका संरचनाहरु गठन गर्न भनिएको छ । साथै यी समिति गठन गरेर विवरण केन्द्रमा पठाउन समेत भनिएको छ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077