Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन थापालाई सघाउन भन्दै सांसदका उम्मेदवारसहित चार वडाध्यक्ष कांग्रेस प्रवेश

गगन थापालाई सघाउन भन्दै सांसदका उम्मेदवारसहित चार वडाध्यक्ष कांग्रेस प्रवेश

बुधवार , माघ १४, २०८२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् ।

थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गर्ने लहर चलेको हो।

बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ ‘ख’ प्रदेशका उम्मेदवार कृष्णकुमार कुशवाहसहित चार वडाध्यक्षलाई कांग्रेस सभापति गगन थापाले बुधबार सर्लाहीमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा कुशवाहसहित गोडैता नगरपालिका वडा नम्बर १ वडाध्यक्ष सुजित महतो, वडा नम्बर २ का वडाध्यक्ष अजयप्रसाद साह, वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नम्बर ११ का वडाध्यक्ष विश्वनाथ पण्डित का छन् ।

वडा नम्बर १ का वडाध्यक्ष महतो र वडा नम्बर २ का वडाध्यक्ष साह नेपाल कम्युनिस्ट पार्टी, वडा नम्बर ५का वडाध्यक्ष गुप्ता जसपा, वडा नम्बर १ १का वडाध्यक्ष पण्डित एमालेबाट वडाध्यक्ष विजयी भएका थिए । त्यसैगरी बसबरियाका जसपा नेता मुकेश यादव, वडा सदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका छन् ।

मुलुकको विकास गर्न सक्ने भिजन भएका कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरूले बताए ।

यसअघि सर्लाही क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077