Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सुदूर पहाडमा उक्लिए, पहिलो दिन चार जिल्लामा घण्टी बजाउँदै

बालेन सुदूर पहाडमा उक्लिए, पहिलो दिन चार जिल्लामा घण्टी बजाउँदै

बुधवार , माघ १४, २०८२

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदूर पहाड उक्लिएका छन् ।

उनले सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा चुनावी प्रचार तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गर्ने भएका हुन् ।

पार्टी स्रोतका अनुसार बालेन शाहको कार्यक्रम बिहान ९ः३० बजे डडेल्धुरा जिल्लाको तुफानडाँडास्थित घण्टिघरबाट सुरु हुनेछ।

त्यसपछि उनी अपरान्ह १२ः३० बजे बैतडीको पाटनस्थित पार्टी सम्पर्क कार्यालयमा पुगेर स्थानीय कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, दिउँसो ४ बजे दार्चुलाको गोकुलेस्थित पार्टी सम्पर्क कार्यालयमा आयोजना हुने कार्यक्रममा बालेनले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्नेछन्। उनको दिनभरको कार्यक्रम साँझ ८ बजे बझाङको बुङ्गलमा सम्पन्न हुनेछ।

रास्वपाले यी कार्यक्रमलाई ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ नाम दिएको छ, जसअन्तर्गत पार्टीको सन्देश स्थानीय तहसम्म पुर्‍याउने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्य लिइएको छ।

यसअघि मंगलबार बालेन शाहले कैलाली र कञ्चनपुर जिल्लामा पनि यस्तै खालका जनसम्पर्क तथा अभिवादन कार्यक्रम सम्पन्न गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077