Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपालक्षित प्रचण्डको टिप्पणी- सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयो

रास्वपालक्षित प्रचण्डको टिप्पणी- सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयो

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपाले सामाजिक सञ्जालबाट जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो टिप्पणी गरेका गरेका हुन् ।

उनले रास्वपामा विचार र सिद्धान्तको खडेरी भएकाले निर्वाचनको बेलामा सोसल मिडियामा स्टन्ट गर्न बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाए ।

उनले भने- 'घण्टी बजाएर मात्रै केही हुँदैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भईराखेको छ । यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ। र बाँकि रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौ-समाजवाद भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ ।'

उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने बताए । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077