Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमा अत्यावश्यक बाहेक बिदा रद्द, चुनाव भत्ता अनिश्चित

प्रहरीमा अत्यावश्यक बाहेक बिदा रद्द, चुनाव भत्ता अनिश्चित

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेपाल प्रहरीमा अत्यावश्यक बाहेकका बिदा बन्द गरिएको छ। चुनावको समयमा प्रहरीको परिचालनलाई मध्यनजर गर्दै बिदा बन्द गरिएको हो ।

गत साता नै प्रहरी प्रधान कार्यालयले परिपत्र गरी अत्यावश्यक अवस्थामा बाहेक बिदा नदिन निर्देशन दिएको छ। २१ फागुनका लागि तय भएको निर्वाचनका लागि नेपाल प्रहरी रणनीति बनाएर परिचालन भइरहेको छ।

उम्मेदवारहरुल चुनावको प्रचार–प्रसार सुरु गरिसकेका छन्। जसकारण प्रहरीको कामको चाप बढेको छ। निर्वाचन प्रहरी भने २५ माघबाट मात्र परिचालन हुने भएको छ।

भर्नामै समस्या भएपछि निर्वाचन प्रहरी परिचालनमा ढिलाई भएको हो। कतिपय जिल्लामा मागअनुसार आवेदन नपरेपछि समस्या भएको छ।

उता, निर्वाचनमा खटिने प्रहरीका लागि भत्ता र बिमा भने अझै प्रष्ट हुन सकेको छैन । भत्ताका लागि बजेट आएको तर कति दिनको भत्ता दिने प्रष्ट भइनसकेको प्रहरी स्रोत बताउँछ ।

निर्वाचन प्रहरीका लागि खरिद हुने कपडा लगायत सामानमा पनि चलखेलको आरोप लागेको छ। बिना प्रतिस्पर्धा चुनावमा प्रहरीले एक अर्बका सामान खरिद गर्न लागेको छ।

प्रहरीविरुद्ध मुद्दा हाल्ने ठेकेदारसँगै मिलेर ठूलो मात्रामा सामान खरिद गर्न लागेपछि प्रहरी विवादमा परेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077