काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै कटाक्ष गरेका छन् ।
देशको नेतृत्व गर्ने आकांक्षा राख्ने व्यक्ति संवाद, छलफल र प्रश्न–उत्तरबाट भाग्न नहुने भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
भण्डारीले भर्चुअल दुनियाँ र वास्तविक दुनियाँ फरक हुने उल्लेख गर्दै नेतृत्वको वास्तविक पहिचान संवाद र बहसबाटै हुने बताएका छन् ।
'देशको नेतृत्व गर्न चाहने व्यक्ति संवाद, छलफल र प्रश्न–उत्तरबाट उम्किनु हुँदैन,' उनले लेखेका छन्, 'भर्चुअल वर्ल्ड र रियल वर्ल्ड फरक हुन्छ१ छलफल नेतृत्वको पहिचानको कसी पनि हो ।'