Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले स्वीकारे बालेनलाई प्रतिस्पर्धी, भने - देश जलाउने होइन बनाउनेको तर्फबाट मैदानमा छु

ओलीले स्वीकारे बालेनलाई प्रतिस्पर्धी, भने - देश जलाउने होइन बनाउनेको तर्फबाट मैदानमा छु

आइतवार , माघ ११, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा रास्वपाका बरिष्ठ नेता बालेन शाहलाई प्रतिस्प्रर्धी स्वीकारेका छन् ।

आइतबार बिहनज सामाजिक सञ्जालमार्फत उनले बालेनलाई प्रतिस्प्रर्धी स्वीकार्दै पब्लिक डिबेटका लागि आफू तयार रहेको बताएका हुन् । देशको नेतृत्व गर्न चाहने सबै दलका प्रमुख नेताहरूबीच सार्वजनिक र पारदर्शी बहस गर्न आफू तयार रहेको उनले बताए ।

आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बौद्धिक वृत्तबाट उठिरहेको डिबेटको मागलाई सकारात्मक भन्दै उनले आफ्ना एजेण्डा जनतामाझ खुला रूपमा राख्न एमाले पछि नहट्ने स्पष्ट पारे।

अध्यक्ष ओलीले भने, 'नयाँ र पुराना सबै दल अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीचको प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा एमाले देश बनाउने तर्फबाट मैदानमा छ।'

उनका अनुसार सामाजिक सञ्जालमा फ्रेमिङ गरेर प्रचार सामग्री प्रस्तुत गर्दै मतदातालाई भ्रममा पार्ने प्रवृत्ति बढेकाले पनि पब्लिक डिबेटको माग आएको हुनसक्छ।

'यस्ता सामग्री देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रयास भइरहेको छ। त्यसैले पारदर्शी बहस आवश्यक भएको हो,' ओलीले भने।

यसपटकको निर्वाचनमा ऐतिहासिक भूमिका खेलेका दलदेखि भर्खरै खुलेका नयाँ दलसम्मले प्रधानमन्त्रीको उम्मेदवार तोकेर मैदानमा आएको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ओलीले देशको नेतृत्व गर्न खोज्ने दलहरूको एजेण्डा, विगतको काम र भावी रोडम्यापबारे जनताले स्पष्ट उत्तर पाउनुपर्ने बताए।

'देश निर्माणमा यसअघि के काम गर्‍यौं, अब के गर्ने योजना र खाका छ—यी सबै प्रश्नमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक हो,' उनले भने।

अध्यक्ष ओलीले आफू पब्लिक डिबेटको मञ्चमा उभिएर विगतका उपलब्धि र आगामी एजेण्डा तथ्यका आधारमा प्रस्तुत गर्न तयार रहेको प्रतिबद्धता जनाए। “चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्न म तयार छु,” उनले स्पष्ट पारे।

उनले यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई सहभागी गराउन आयोजकहरूलाई आग्रहसमेत गरे। 'जनताको सूचित निर्णयका लागि यस्तो बहस आवश्यक छ। एमाले यसमा अग्रसर भूमिका खेल्न तयार छ,' ओलीले भने ।

प्रधानमन्त्रीका सम्भावित उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगन थापा र रास्वपा बरिष्ठ नेता बालेन शाहबीच लाइभ डेबिट हुनुपर्ने माग छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077