Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

गगनकुमार थापा सभापति बनेपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक थापाको नेतृत्वमा केन्द्रीय समिति बैठक बसेको हो ।

माघ १ गते बिहान विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए । आधिकारिकता विवादका कारण सानेपा नपुगेका थापा लगायत पदाधिकारी तथा सदस्यहरु निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै सानेपा पुगेका हुन्। ।

सानेपा पुगेर सभापति थापासहित केन्द्रीय पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । त्यस लगत्तै केन्द्रीय समिति बैठक बसेको हो ।

आजको बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने भएको छ । बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । यसअघि निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077