Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति गगनकुमार थापाले गरे पदभार ग्रहण

कांग्रेस सभापति गगनकुमार थापाले गरे पदभार ग्रहण

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रबार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् ।

सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन् ।

पदाधिकारीहरुको पदभार ग्रहणपछि केन्द्रीय समितिको बैठक सुरु भएको छ । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्बत रुपमा सभापति निर्वाचित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077