Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापति निर्वाचित भएपछि पहिलोपटक पार्टी कार्यालयमा गगनकुमार थापा

सभापति निर्वाचित भएपछि पहिलोपटक पार्टी कार्यालयमा गगनकुमार थापा

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट नवनिर्वाचित नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।

पार्टी कार्यालयका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय समिति बैठक बस्ने छ ।

बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने भएको छ । पार्टी कार्यालयमा बाक्लो संख्यामा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम छ । यसअघि निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ मा उम्मेदवार छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077