Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङ उम्मेदवारी फिर्ता लिँदै

रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङ उम्मेदवारी फिर्ता लिँदै

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । रास्वपाबाट धादिङ-१ मा उम्मेदवार बनेकी सामाजिक अभियन्ता आशिका तामाङ उम्मेदवारी फिर्ता लिने भएकी छन् ।

आशिकाले आफू उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गर्न धादिङ जाँदै गरेको जानकारी गराएकी हुन् ।

उनले उम्मेदवारी फिर्ता लिनेबारे जिल्ला निर्वाचन कार्यालयमा इमेलसमेत गरिसकेको बताइन् ।

उनले भनिन्- 'मैले फोन र इमेल गरिसकेको छु, शशरीर उपस्थित हुनुपर्छ भन्नुभएकाले अहिले जाँदैछु ।'

धादिङको गजुरी गाउँपालिकाअन्तर्गत मलेखु स्थायी ठेगाना भएकी तामाङले मनोनयन गरेको केही घण्टा नबित्दै उनीसँग जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) रहेको खबर बाहिरिएको थियो । उनको उम्मेदवारी संविधान र प्रचलित कानुनविपरीत रहेको भन्दै प्रश्न उठाइएको छ ।

सुरुमा पुर्व मेयर बालेन शाहले रास्वपासँगको एकताअघि तामाङलाई बोलाएर सामानुपातिकमा प्रस्ताव गरेका थिए । तर, तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।

त्यसपछि आशिकाले रास्वपामा आउनका लागि जेनजी घाइतेहरुको एजेन्डा अघि सारेकी थिइन् । उनको प्रस्तावमा तीनजना जेनजी घाइतेहरुलाई रास्वपाको बन्दसूचीमा समेत समेटिएका थिए । उक्त प्रस्तावमापछि आशिका आफनै जन्म थलो धादिङ-१ बाट रास्वपा उम्मेदवार बनेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077