Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली कांग्रेसले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्दै

नेपाली कांग्रेसले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्दै

शुक्रवार , माघ ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माघ १६ गते मधेस प्रदेशमा आमसभा गर्ने भएका छन् ।

जनकपुरमा आयोजना हुने सभाका लागि कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरिनेछ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको केन्द्रीय समितिको बैठकमा सभासम्बन्धी तयारी र कार्यविभाजनबारे छलफल गरिने जनाएको छ ।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा नयाँ कार्यसमितिका पदाधिकारीले पदबहाली गर्ने कार्यक्रम छ ।

साथै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापासहितका पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ।

सभापति थापा सर्लाही–४ बाट उम्मेदवार पनि रहेका छन् । विशेष महाधिवेशनपछि पुस ३० गते गगन थापा सभापतिमा निर्वाचित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077