Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता बिष्टको अमेरिकाको पिआर, कैलालीमा उम्मेदवारी

कांग्रेस नेता बिष्टको अमेरिकाको पिआर, कैलालीमा उम्मेदवारी

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसबाट कैलाली–४ का उम्मेदवार रहेका गोरख बिष्ट (आनन्द) विवादमा तानिएका छन् । अमेरिका बस्दै आएका उनको उम्मेदवारको योग्यतामै प्रश्न उठेको छ ।

उनी नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष समेत हुन्। टिकट पाइने भएपछि मात्र उनी नेपाल आएका हुन्।

सो क्षेत्रमा कांग्रेस नेता वीरबहादुर बलायरले चुनाव लड्ने चर्चा थियो। तर, बलायरलाई प्रभावमा पारेर बिष्टले टिकट फुत्काउन सफल भएका हुन्। तर, स्थानीय कांग्रेससँग बिष्टको चिनजान छैन ।

पार्टीमा कुनै योगदान नभएका व्यक्तिलाई टिकट दिइएको भन्दै कांग्रेसका स्थानीय नेताले पार्टी सभापति गगन थापाप्रति असन्तुष्टि जनाएका छन्।

अहिलेको कानूनअनुसार विदेशको पिआर त्यागेको तीन महिनापछि मात्र सार्वजनिक पदमा बस्न पाइन्छ । तर, बिष्टले पिआर त्याग्ने प्रक्रिया नै सुरु नगरेको स्रोत बताउँछ । उनीविरुद्ध उजुरी परेको छैन, तर अदालतमा मुद्दा परेमा भने उनको पद जाने जोखिम छ ।

यस्तै समस्या रास्वपाबाट धादिङ १ की उम्मेदवार रहेकी आशिका तामाङको पनि छ । उनको पनि जर्मनीको पिआर रहेको बताइएको छ। उनीविरुद्ध पनि उजुरी भने दर्ता भएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077