Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गठबन्धनबिनाको चुनाव, राजनीतिक दलको वास्तविक शक्ति परीक्षण

गठबन्धनबिनाको चुनाव, राजनीतिक दलको वास्तविक शक्ति परीक्षण

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नेपालको संविधान, २०७२ जारी भएपछि सम्पन्न आवधिक निर्वाचनमा गठबन्धन र तालमेल गर्दै आएका प्रमुख राजनीतिक दलको वास्तविक शक्ति परीक्षण यस पटक हुने भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने र अधिकांश नयाँ राजनीतिक दलले गठबन्धन नगरी निर्वाचनमा होमिएका कारण फागुन २१ गतेको निर्वाचनमा सबै दलको साङ्गठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएको छ ।

कांग्रेसले विसं. २०८० फागुनमा सम्पन्न महासमिति बैठक र २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाटै निर्वाचनपूर्व कुनै किसिमको दलीय गठबन्धन नगर्ने र सत्ता स्वार्थकेन्द्रित गठबन्धन नगर्ने निर्णय गरेको छ ।

सभापति गगनकुमार थापाले स्थानीय तह, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस नेताकार्यकर्ताले रूख चिह्नमै मतदान गर्ने सुनिश्चितताका लागि निर्वाचनपूर्व कुनै दलसँग गठबन्धन नगर्ने निर्णय भएको प्रस्ट पारे ।

विसं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र तत्कालीन नेकपा ९माओवादी केन्द्र० अर्थात् हालको नेपाली कम्युनिस्ट पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा गठबन्धन गरेको थिए ।

गठबन्धनकै बलमा झन्डै दुईतिहाइ मत हासिल गरेका दुई दलबिच एकतासँगै नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बने पनि अढाइ वर्षपछि दुई दल छुट्टिए । गोरखापत्रबाट

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077