Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेनिकट युवा संघ दमकका अध्यक्ष छवि खतिवडाले छाडे संगठन, बालेनलाई समर्थन गर्ने

एमालेनिकट युवा संघ दमकका अध्यक्ष छवि खतिवडाले छाडे संगठन, बालेनलाई समर्थन गर्ने

बुधवार , माघ ७, २०८२

झापा । नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संगठन छाडेको घोषणा गर्दै झापा-५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन )लाई समर्थन गर्ने बताएका हुन्।

उनले लेखेका छन्- 'आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा-५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ-समर्थन जनाएको छु ।'

यस्तै मंगलबार नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पनि बालेन साहलाई सघाउने भन्दै पार्टीको जिम्मेवारीबाट साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रबाट ओलीले निरन्तर जित्दै आइरहेका छन् ।

यो पटक ओली र बालेनबीच जबरजस्त प्रतिष्पर्धा हुने देखिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077