Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाही हुनुपर्छ: अध्यक्ष ओली

सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाही हुनुपर्छ: अध्यक्ष ओली

बुधवार , माघ ७, २०८२

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्नेलाई कारबाही हुनुपर्ने बताएका छन् ।

बुधबार झापामा जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अवलोकन गर्दै अध्यक्ष ओलीले कानुनअनुसार दोषीहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने- 'राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा आपराधिक गतिविधि हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ र शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्छ ।'

अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकार अपराधीहरूलाई जोगाउने प्रयासमा रहेको र त्यसैले कारबाही नहुने अवस्थामा रहेको पनि उल्लेख गरे ।

उनले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट मनोनयन दर्ता गराएका छन् । सो क्षेत्रबाट ओलीले निरन्तर जित्दै आइरहेका छन् । यो पटक ओलीको प्रतिष्पर्धीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077