Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन साढे १० हजारले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

एकैदिन साढे १० हजारले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

बुधवार , माघ ७, २०८२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।

आज सुन तोलामा १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हाल सम्मको नै उच्च मूल्य हो ।

मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सयरुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077