काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश दिएको हो । यससँगै गगन थापालाई कांग्रेस सभापतिको हैसियतमा कामकाज गर्न कानुनी बाटो खुलेको छ ।
अन्तरिम आदेश दिने/नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
कांग्रेसको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको थियो। सो कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो।
तर उक्त निर्णयविरुद्ध कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र पूर्व सभापति शेरबहादुर देउवाले माघ ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।