Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा

दुर्गा प्रसाईँ हाजिर जमानीमा रिहा

मंगलवार , माघ ६, २०८२

काठमाडौं । विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईँको बयान लिइसकिएको छ ।

। प्रारम्भिक अनुसन्धानको चरणमै रहेकाले उनलाई हिरासतबाहिरै राख्न उपयुक्त ठहर गर्दै आफन्तको जिम्मामा छोडिएको हो ।

प्रसाईँलाई आइतबार पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा चाउथेबाट पक्राउ गरिएको थियो ।

उनले नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले ‘पैसा खाएर निर्णय लिएको’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिपछि निर्वाचन आयोगले आइतबार नै कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077