चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गढ मानिएको चितवन–२ मा नेपाली कांग्रेसले मीनाकुमारी खरेललाई टिकट दिएको छ ।
स्थानीय तहमा लोकप्रिय सामाजिक अभियन्ता खरेललाई कांग्रेसले उम्मेदवार बनाएको हो ।
नेपाली कांग्रेसले चितवनमा तीन दशकभन्दा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय खरेललाई अघि सार्दै रास्वपाको प्रभाव क्षेत्रमा कडा राजनीतिक चुनौती प्रस्तुत गरेको छ ।
उनको स्थानीय तहमा राम्रो छवि, सामाजिक योगदान र लोकप्रियता रहेको बताइएको छ । खरेल नेपाली कांग्रेस महासमिति सदस्य समेत हुन् ।