Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा अस्वीकृत भएपछि महरले पाए टिकट

देउवा अस्वीकृत भएपछि महरले पाए टिकट

मंगलवार , माघ ६, २०८२

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुरामा नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महर उम्मेदवार बन्ने भएका छन् ।

पूर्वसभापति तथा डडेल्धुराबाट निरन्तर निर्वाचित हुँदै आएका शेरबहादुर देउवाले यसपटक निर्वाचन नलड्ने घोषणा गरेसँगै कांग्रेसले महरलाई अघि सारेको हो ।

देउवाको राजनीतिबाट अलग हुने निर्णयसँगै डडेल्धुरामा कांग्रेसको पुस्तान्तरण सुरु भएको रूपमा यसलाई हेरिएको छ ।

यद्यपि, कांग्रेसको समग्र टिकट वितरणको औपचारिक टुंगो अझै लागिसकेको छैन । उम्मेदवार छनोटका लागि पार्टी संसदीय बोर्डको बैठक अहिले पनि जारी रहेको छ ।

डडेल्धुरासहित अन्य निर्वाचन क्षेत्रका उम्मेदवारबारे अन्तिम निर्णय बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ ।

देउवा पत्नी आरजु राणालाई पनि कांग्रेसले टिकट दिएको छैन । उनले कैलाली-५ बाट चुनाव लड्ने चर्चा थियो । तर कैलाली-५ मा कांग्रेसले नरनारायण शाहलाई टिकट दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077