Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेको विरोध गर्न थालेपछि रास्वपाका कार्यकर्ता पक्राउ

रवि लामिछानेको विरोध गर्न थालेपछि रास्वपाका कार्यकर्ता पक्राउ

सोमवार , माघ ५, २०८२

जनकपुरधाम । होटलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरू पक्राउ परेका छन् ।

जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही–३ का रास्वपा कार्यकर्ताहरूले धर्ना दिएर विरोध प्रदर्शन गरेका थिए । तर प्रहरीले बल प्रयोग गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विरोध प्रदर्शनमा उत्रेका सर्लाही–३ का रास्वपा कार्यकर्ता दीपक महतोसहित चार जनालाई धनुषा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, धनुषा लगिएको छ ।

रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेका डाक्टर अमरेश कुमार सिंहलाई टिकट दिइएको भन्दै उनीहरूले विरोध जनाएका थिए।

उनीहरूको आरोप छ कि सभापति लामिछानेले कार्यकर्ताको आवाज नसुनी होटलमै बसेर अपारदर्शी ढंगले टिकट बाँडेका छन्।

धर्नामा बसेका कार्यकर्ताको कुरा नसुनी सभापति लामिछाने होटलबाट बाहिरिएका थिए। यस घटनाले कार्यकर्ताको आक्रोश झनै चर्किएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077