जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट वितरणमा चलखेल भएको आरोप लगाउँदै जनकपुरमा पार्टीकै नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।
रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बसेको होटल बाहिर नेता–कार्यकर्ताहरू पुगेर विरोध गरेका हुन् ।
लामिछाने र शाह हाल सोही होटलमा बसिरहेका छन् । उनीहरूले विभिन्न निर्वाचन क्षेत्रमा बाँकी उम्मेदवारलाई यही होटलमा बसेर टिकट वितरण गरिरहेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन् ।
प्रदर्शनकारीहरूका अनुसार पार्टीभित्रको निर्णय प्रक्रिया अपारदर्शी भएको र सीमित व्यक्तिको घेराभित्र बसेर टिकट बाँडिएको छ ।
बालेन शाहले पनि सोही होटलमै आजै सभापति लामिछानेसँग टिकट लिएको बताइएको छ । रवि लामिछाने, बालेन शाह लगायतका शीर्ष नेताहरू हिजो नै जनकपुर पुगेका थिए।