Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसबाट दोलखामा युवा नेता अजयबाबु शिवाकोटी उम्मेदवार, कुन्दन काफ्ले जिल्लिए

कांग्रेसबाट दोलखामा युवा नेता अजयबाबु शिवाकोटी उम्मेदवार, कुन्दन काफ्ले जिल्लिए

सोमवार , माघ ५, २०८२

दोलखा । नेपाली कांग्रेसले दोलखाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता अजयबाबु शिवाकोटीलाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शिवाकोटीको उम्मेदवारी टुंग्याउँदै पार्टीले आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने लक्ष्यसहित उनलाई मैदानमा उतारेको हो ।

लामो समय पत्रकारितामा सक्रिय रहेका शिवाकोटी नेपाल प्रेस युनियनको महासचिव हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका नेता हुन् ।

पत्रकारितामा रहँदा उनले तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन दुराचार काण्ड सार्वजनिक गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

त्यस्तै, तत्कालीन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासम्बन्धी भ्रष्टाचार प्रकरण उजागर गरेपछि मन्त्री पदबाट बाहिरिन बाध्य भएका थिए।

यी घटनापछि शिवाकोटी राष्ट्रिय स्तरमै चर्चित र प्रभावशाली पत्रकारका रूपमा स्थापित भएका थिए। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेपछि उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका छन्।

संगठनात्मक क्षमता, स्पष्ट धारणा र सार्वजनिक बहसमा प्रभावशाली प्रस्तुतिका कारण उनी पार्टीभित्र उदयमान नेताका रूपमा चिनिँदै आएका छन् ।

यता, प्रतिनिधिसभाको टिकट पाउने आशामा राजीनामा दिएका कुन्दन काफ्ले भने जिल्लिएका छन् । आज मात्रै बागमती प्रदेश सभाबाट राजीनामा दिएका काफ्लेले टिकट नपाएका हुन् । उनी दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077