गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
पार्टी केन्द्रले आइतबार अबेर गोरखा–१ र गोरखा–२ का उम्मेदवार फाइनल गरेको हो । गोरखा–१ बाट सुदन गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
गुरुङ जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका युवा व्यक्तित्व हुन् । उनी गोरखा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत चुमनुब्री गाउँपालिका–३, नाग्चेतका स्थायी बासिन्दा हुन्।
त्यस्तै गोरखा–२ बाट पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाइएको छ । पालुङ्टार नगरपालिका–९ का स्थायी बासिन्दा बुर्लाकोटी पार्टी स्थापना कालदेखि नै सक्रिय रूपमा लागेका नेता हुन्।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि बुर्लाकोटी गोरखा–२ बाट उम्मेदवार बनेका थिए।