Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्ततः देउवा पक्ष झुक्यो, निर्वाचन आयोगविरुद्धको रिट फिर्ता लिन सहमत

अन्ततः देउवा पक्ष झुक्यो, निर्वाचन आयोगविरुद्धको रिट फिर्ता लिन सहमत

सोमवार , माघ ५, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको शेरबहादुर देउवा पक्षले अदालतमा दायर गरेको रिट फिर्ता लिन सहमत भएको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार रिट दायर गरेका थिए । निर्वाचन आयोगको निर्णय नेपालको संविधान र कानुन विपरीत भएको दाबी गर्दै देउवा पक्षले कानुनी उपचारसँगै सडक संघर्षसमेत गर्ने उद्घोष गरेको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबारका लागि तोकिएको थियो। तर स्रोतका अनुसार मुद्दा पेसीमा चढ्नुअघि नै रिट फिर्ता लिने तयारी गरिएको हो ।

देउवा पक्षको पछिल्लो निर्णयसँगै कांग्रेसभित्र देखिएको कानुनी तथा राजनीतिक टकराव तत्कालका लागि टुंगिएको संकेत देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077