Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले टुंग्यायो पहाड र हिमालका उम्मेदवार, को-कहाँ ? [सूचीसहित]

कांग्रेसले टुंग्यायो पहाड र हिमालका उम्मेदवार, को-कहाँ ? [सूचीसहित]

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले हिमाली र पहाडी जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस सभापति गगन थापाले पहाडी तथा हिमाली जिल्लाका उम्मेदवारलाई टिकट दिएर निर्वाचन क्षेत्रमा पठाएका छन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी तथा हिमाली जिल्लामा उम्मेदवार फाइनल गरेको हो ।

टिकट वितरणमा सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूलाई समेत समेटेका छन्।

देउवा पक्षका नेता रामहरि खतिवडाले ओखलढुंगाबाट टिकट पाएका छन्। यससँगै पार्टीभित्र देखिएको गुटगत असन्तुलनलाई सन्तुलित बनाउने संकेतका रूपमा कांग्रेस नेतृत्वको निर्णयलाई हेरिएको छ ।

कोसी प्रदेश

धनकुटाबाट दीनेश राई, पाँचथरबाट नरेन्द्र केरुङ, ताप्लेजुङबाट गजेन्द्र तुम्याहाङ, तेह्रथुमबाट सन्तोष सुब्बा, इलाम–१ बाट निष्कल राई, इलाम–२ बाट भेषराज आचार्य, उदयपुर–१ बाट विदुर बस्नेत, उदयपुर–२ बाट रामकुमार राई, मोरङ–३ बाट सुनील शर्मा, खोटाङबाट वीरकाजी राई, ओखलढुंगाबाट रामहरि खतिवडा र सोलुखुम्बुबाट प्रकाश कार्की उम्मेदवार बनेका छन्।

गण्डकी प्रदेश

गोरखा–१ बाट प्रेम खत्री, गोरखा–२ बाट प्रकाश दवाडी, मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेन्द्र गौचन, बाग्लुङ–२ बाट टेकराज पौडेल र म्याग्दीबाट केबी भण्डारीलाई टिकट दिइएको छ।

लुम्बिनी प्रदेश

रोल्पाबाट डा. सुदनकुमार ओली, दाङ–१ बाट योगेन्द्र चौधरी, पूर्वरुकुमबाट कुसुम थापा मगर र प्यूठानबाट डा। गोविन्दराज पोखरेल उम्मेदवार बनेका छन्।

कर्णाली प्रदेश

दैलेख–१ बाट दिक्पाल शाही, दैलेख–२ बाट बासना थापा, कालिकोटबाट हर्षबहादुर बम, डोल्पाबाट कर्णबहादुर शाही, जुम्लाबाट दीपबहादुर शाही, हुम्लाबाट जयपति रोकाय, मुगुबाट ऐनबहादुर शाही र सल्यानबाट केशव विष्टलाई टिकट दिइएको छ।

सुदूरपश्चिम प्रदेश

अछाम–१ बाट भरत स्वाँर, अछाम–२ बाट पुष्प शाह, बाजुराबाट जनक गिरी र बैतडीबाट चतुरबहादुर चन्द उम्मेदवार घोषित भएका छन्।

कांग्रेसले पहाडी र हिमाली क्षेत्रमा संगठन मजबुत बनाउँदै निर्वाचन जित्ने रणनीतिसहित उम्मेदवार फाइनल गरेको बताएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077