झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा चुनाव लड्न आउने प्रतिद्वन्द्वीलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन्।
आज झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले रास्वपाका नेता बालेन्द्र शाहप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।
बाहिरी जिल्लाबाट आएर आफ्नो क्षेत्रमा उम्मेदवारी दिने चर्चामा रहेका व्यक्तिहरूलाई आफैँले डेरा खोजिदिने उनले बताए।
ओलीले भने- 'अलिकति चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ। लड्ने हो होइन मलाई थाहा छैन। न यहाँ घर छ, न डेरा छ, न परिवार, न आफन्त, न नातागोता न चिनजानको । यदि उहाँहरू चुनाव लड्न आउनुहुन्छ भने म आफैँ डेरा खोजिदिन्छु ‘हाम्रो क्षेत्रमा आएपछि सुरक्षित महसुस गराउँछौँ। यहाँका नागरिकले चिनेका छैनन्। मैले सुनेको दारी पालेको देख्दा बालेन भनेर सोध्छन्।
बालेनलाई झापा ५ मा कसैले नचिनेको दाबी गर्दै ओलीले दारी पालेको मान्छे देख्नेबित्तिकै यहाँका मतदाताले बालेन हो रु भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरे।
ओलीले थप भने- 'बनाउने र जलाउनेबीच प्रतिस्पर्धा हुन्छ ? के भनेको ?
साथै ओली देश बनाउने र जलाउनेबीच प्रतिस्पर्धा नहुने बताए ।
बालेन्द्र शाहले झापा ५ बाट उम्मेदवारी दिने टुंगो लागेपछि २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्न ओली झापा आएका हुन्।