Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आशिकाले टिकट पाएपछि रास्वपामा खटपट, पार्टी कार्यालयमै लफडा

आशिकाले टिकट पाएपछि रास्वपामा खटपट, पार्टी कार्यालयमै लफडा

सोमवार , माघ ५, २०८२

काठमाडौं । आशिका तामाङलाई टिकट दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा लफडा भएको छ ।

आज रास्वपाले धादिङ क्षेत्र नम्बर १ को उम्मेदवारको रूपमा आशिकालाई अघि बढाउने निर्णय गरेको थियो । उक्त क्षेत्रमा श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी, रामकुमार थपलिया लगायत आकाङ्क्षी थिए ।

रास्वपा नेता गणेश पराजुलीले पार्टी कार्यालयमा आशिकालाई धादिङ क्षेत्र नं १ को टिकट थमाएपछि त्यहाँ पुगेका ती नेता कार्यकर्ताहरुले आशिकालाई बोकेर हिँड्न नसक्ने भन्दै आपत्ति जनाएका हुन् ।

त्यहाँ उपस्थित रास्वपा थाँक्रे गाउँपालिकाका सभापतिले आफूहरुले राजनीतिमा धेरै दु:ख गरेको बताउँदै पार्टीले अन्याय गरेमा राजीनामा दिने चेतावनी दिए ।

उनले प्रश्न गर्दै भने- 'म थाँक्रे गाउँपालिकाको सभापति, राजीनामा दिन परे पनि तयार छु । तपाईँ राम्रो मान्छे हो, नमस्कार गरिन्छ, तपाईंँले राम्रो काम गर्नु भा छ तर तपाईँले जुन होटलवालाहरुलाई भिडियो बनाउनु भएको छ, ती सब होटलवालाहरुले भोट हाल्ने हो कुरा बुझ्नुभएको छ ?'

बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका उनीहरुले आशिकाकै अघि आफूहरुले सहयोग नगर्ने चेतावनी समेत दिएका थिए।

केही नबोली आशिका पार्टी कार्यालय भवनभित्र प्रवेश गरेकी थिइन् ।

तर आशिकाको तर्फबाट गएकी एक महिलाले भनिन्- 'राजनीतिमा लागेर टाउको फुटाएँ रे ! हामीसँग आँखा फुटाएको भाई छ । अब उसलाई दिने ?

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077