काठमाडौं । नेकपा एमालेमा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार चयनको निर्णय सच्याउन आग्रह गरेका छन् ।
सोमबार एक भिडियो सन्देश जारी गर्दै उनले १० वटा क्षेत्रको उम्मेदवार चयनमा अन्याय भएको भन्दै सच्याउन आग्रह गरेका हुन् ।
भट्टराईले आफ्नो लागि केही नमागेको भन्दै अरू १० वटा जति क्षेत्रमा तोकिएको उम्मेदवारका कारण पार्टी कमजोर हुने अवस्था रहेकोले अन्तिम समयसम्म यसलाई सच्याउन भनेका छन् । यद्यपि, ती कुन कुन क्षेत्र हुन् भनेर उनले खुलाएका छैनन् ।
उनले भनेका छन्- 'मैले पार्टी अध्यक्षलाई भनेको छु समीक्षा हुनुपर्छ । हामीले उम्मेदवार छनोट गर्दा न्यायसंगत ढंगले गर्यौँ कि गरेनौँ रु ‘पार्टीमा भिन्न मतहरू हुन्छन् । ती फरक मत, भिन्न मतहरूले अरू पार्टी सँगको प्रतिस्पर्धामा नेकपा एमालेलाई कमजोर बनाउनु हुँदैन, घाटा गर्नु हुँदैन । मैले मेरो लागि मागेको छैन । म स्पष्ट भइसकेँ म ताप्लेजुङबाट उम्मेदवार हुन इच्छुक थिएँ । तर पार्टी अध्यक्षले सार्वजनिक ढंगले निर्णय गरेर पठाइसकेपछि अब म त्यसमा कुनै किचलो गर्ने वाला छैन ।'
भट्टराईले ताप्लेजुङमा चुनाव लड्ने आफ्नो इच्छा भए पनि टिकटबारे अध्यक्षले सार्वजनिक निर्णय गरेपछि अब त्यसलाई स्वीकार गरेर जाने र आफूले कुनै दाबी नगर्ने बताए ।
'