Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

कांग्रेसले टुंग्यायो हिमाली जिल्लाका उम्मेदवार

सोमवार , माघ ५, २०८२

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हिमाली जिल्लाको उम्मेदवारी टुंगो लगाएको छ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लाका उम्मेदवारहरुको नाम टुङ्गिएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये हिमाली जिल्लाको उम्मेदवारी टुंग्याउन बैठक बसेको थियो।

उनले भने- 'हिमाली जिल्लाको उम्मेदवारी टुंगो लागेको छ, अब तराई र पहाडी जिल्लाको उम्मेदवारी टुंगो लगाइने छ । यसका लागि अरु पक्षसँग पनि छलफल गरेर सबै ठाउँको निश्चित गर्छौं।'

कांग्रेस सभापति गगन थापा, निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच त्रिपक्षीय वार्तापछि कांग्रेसको उम्मेदवारी टुंगो लाग्ने क्रममा छ।

निर्वाचन आयोगमा मंगलबार बिहान साढे ११ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम सूची बुझाउनुपर्ने कार्यतालिका छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077