काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जुम्लाबाट विनिता कठायतलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले कठायतलाई उम्मेदवार बनाएको हो ।
कठायत यसअघि रास्वपाकी समानुपातिक सांसदका रूपमा संघीय संसदमा प्रतिनिधित्व गरिसकेकी छिन् ।
संसदमा उनले शिक्षा, सुशासन, महिला सहभागिता र क्षेत्रीय असमानताका विषयमा आवाज उठाउँदै आएकी थिइन् ।