Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा समूह पुन: निर्वाचन आयोगमा, निर्वाचन कार्यतालिका स्थगनको माग

देउवा समूह पुन: निर्वाचन आयोगमा, निर्वाचन कार्यतालिका स्थगनको माग

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेपाली काँग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह पुन: निर्वाचन आयोग पुगेको छ ।

निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै देउवा समूह आयोग पुगेको हो ।

पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका एक नेताले जानकारी दिए।

निर्वाचन आयोगले माघ ६ गतेलाई प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ ।

यसअघि विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएपछि रुष्ट रहेको देउवा पक्षले आजै त्यसविरुद्ध सर्वोच्चमा रिट समेत दिइसकेको छ ।

शुक्रबार निर्वाचन आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको थियो ।

देउवा समूहले विशेष महाधिवेशन वैधानिक नभएको र त्यसको कुनै राजनीतिक औचित्य नरहेको दाबी गर्दै सर्वोच्च पुगेको थियो ।

जसको पेसी सर्वोच्च प्रशासनले माघ ६ गतेका लागि तोकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077